
काठमाडौँ । ६३ दिने भाखामा नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार १५ गते ३० अर्ब रुपैयाँ उठाउन बोलकबोलकर्तालाई आह्वान गरेको हो ।
राष्ट्र बैंकले ६३ दिने अवधिका लागि उठाउन लागेको ३० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ १५ गते फिर्ता पाइने जनाएको छ । राष्ट्रबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वितीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने जनाउँदै सूचना जारी गरिएको छ ।
बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij