
काठमाडौँ । सेयर बजारमा कारोबार गर्ने दुई ब्रोकर कम्पनी कारबाहीमा परेका छन् । एप्पल सेक्युरिटिज र बेनी सेक्युरिटिजलाई नगद जरिवानासहित कारबाही गरिएको हो । नेपाल धितोपत्र बोर्डले उक्त दुई ब्रोकर कम्पनीलाई नगद जरिवानासहित कारबाही गरेको जनाएको छ ।
सेबोनले एप्पल सेक्युरिटिज प्रालिलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको जनाएको छ ।
यसैगरी सोही कसुरमा सेबोनले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) र (२) बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेकोले भन्दै कारबाही गरेको हो । सेबोनले बेनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम ५ हजार आर्थिक जरिवाना गरेको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij