
काठमाडौँ । आज नेप्से परिसूचकमा ११.९९ अंकले बढेर २६३४.२७ बिन्दुमा आएको छ । आज ६ अर्ब ३८ करोड बढीको सेयर कारोबार भएको छ ।
३ वटा कम्पनीको सेयर भाउ ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएका छन् ।यस दिन ३ सय १८ कम्पनीको १ करोड ४१ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा साहास ऊर्जा अग्रस्थानमा रहेको छ । यसको ३६ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij