Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

रुपन्देही ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने

  • काठमाडौं। प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते सोमवार उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले सोमबार बसेको बैठकमा रिक्त प्रतिनिधि सभा सदस्य पदको लागि सो मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

    यस निर्वाचन क्षेत्रका पूर्व सांसद दीपक बोहराको निधनपछि सो पद रिक्त भएको थियो। बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएका थिए। उनी २०७९ साल चैत्र १९ गते निधन भएका थिए।

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम सो उपनिर्वाचनको मिति तय गरिएको जानकारी दिएका छन्। यसै अनुसार, रुपन्देही ३ मा रिक्त पद भर्नका लागि आगामी कार्तिक १७ गते मतदान हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij