Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

युवाहरुका विचारलाई हौसला र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता : उपराष्ट्रपति यादव

युवाहरुका विचारलाई हौसला र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता : उपराष्ट्रपति यादव

  •  

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यावदले युवाहरुका विचारलाई हौसला दिनु र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता भएको बताउनुभएको छ । 

     

    आज राष्ट्रिय युवा परिषद्ले यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले युवाहरुको सशक्त आवाजलाई नीति निर्माणको मूलधारमा समावेश गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “युवाहरुको सोच, दृष्टिकोण र नविन विचारहरूलाई आत्मसात् नगरी हामी समृद्ध नेपालको कल्पना गर्न सक्दैनौँ । उनीहरू परिवर्तनका संवाहक हुन् ।”

     

    उपराष्ट्रपति यादवले हालको परिस्थितिमा युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतालाई सहि दिशा दिनु सबै तह र तप्काका नेतृत्वकर्ताहरूको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “युवाहरु उज्यालो भविष्यका सुनिश्चितता हुन् । उनीहरुका क्षमता र नवप्रवर्तनशीलतालाई सही दिशा दिनु सबै तहका नेतृत्वकर्ताको दायित्व हो । हाम्रो जस्तो मुलुकमा युवाहरुको ऊर्जा र नविन धारणा निकै महत्वपूर्ण छन् ।”

     

    समृद्ध राष्ट्र निर्माणमा युवाको खाँचो रहेकाले युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतामा सबैको सकारात्मक सोच र आवश्यकता अपरिहार्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरुका आवाजलाई नीति निर्माणमा समावेश गर्न सबैको  ध्यानाकर्षण हुन जरुरी छ । समृद्ध राष्ट निर्माणमा युवाहरुको खाँचो रहेको छ ।” यसैगरी खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका युवा उद्यमी बन्न चाहने युवाहरुलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चिजहरुमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

     

    त्य अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेको बताउनुभयो । 

     

    मन्त्री भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेकाले दक्ष जनशक्ति अभाव अन्त्यका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको कूल जनसङ्ख्याको करिब ४२ दशमलव ५६ प्रतिशत हिस्सा युवाहरूले ओगटेको अवस्थामा, देशको विकास र समृद्धिको यात्रा युवाशक्तिको सक्रिय सहभागिताविना सम्भव छैन ।”

     

    मन्त्री भण्डारीले युवाहरुको सहभागिता र सक्रियतामै मुलुकको विकास र समृद्धि निर्भर रहने तथ्यलाई हृृदयङ्गम गरी युवाको सर्वाङ्गिण विकास, सशक्तीकरण, उद्यमशिलता प्रवर्द्धन, सीप विकास र रोजगारीमा जोड दिँदै युवा उद्यमशीलतालाई पहिचान गर्ने, क्षमता अभिवृद्धि गर्ने र देशको अर्थतन्त्रलाई स्वाधिन, सबल र प्रतिस्पर्धी बनाउँदै युवाहरूलाई रोजगारदाता बनाउने दिशामा सशक्त योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

     

    प्रविधियुक्त आधुनिक नेपाल निर्माणमा युवाहरूको भूमिका अझ बढी सशक्त एवं नेतृत्वदायी रहनुपर्ने मन्त्री भण्डारीले उहाँले जोड दिनुभयो । उहाँले दक्ष जनशक्ति अभाव अन्त्यका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

     

    उहाँले भन्नुभयो, “सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग सहकार्य गर्दै नवप्रवर्तन, नवप्रवर्तन प्रवर्द्धन तथा दीगो उद्यम विकासका लागि हाम्रो मन्त्रालयले नीतिगत सुधारदेखि वित्तीय पहुँच, बजार अभिमुखीकरण र सीप विकासमा जोड दिँदै आइरहेको छ ।” उद्यम सुरु गर्न सजिलो नभएको र पुँजीको अभाव, नीतिगत अवरोध, सीप र मार्गदर्शनको अभाव जस्ता चुनौतीहरू प्रशस्त भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ती सबै चुनौतीहरू समाधान गर्न प्रतिबद्ध रहेको उहाँले प्रष्ट पार्नुभयो ।

     

    युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका युवा उद्यमी बन्न चाहने युवाहरुलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चिजहरुमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “युवाहरुलाई सहुलियत पूर्ण कर्जा प्रदान गर्न र उनीहरुलाई उद्यमी बनाउनका लागि म पूर्णरुपमा लागि परेको छु । युवाहरुलाई मेरो पूर्ण साथ र सहयोग रहने छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij