Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

राइजिङ हाइड्रोपावरले आईपीओ निष्कासनको तयारी थालेको छ, मुक्तिनाथ क्यापिटलसँग परामर्श सम्झौता

राइजिङ हाइड्रोपावरले आईपीओ निष्कासनको तयारी थालेको छ, मुक्तिनाथ क्यापिटलसँग परामर्श सम्झौता

  • काठमाडौं । राइजिङ हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। यस प्रक्रिया सहज र प्रभावकारी बनाउन कम्पनीले परामर्श सेवाका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा दुवै कम्पनीबीच संस्थागत परामर्श सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    उक्त सम्झौता अनुसार मुक्तिनाथ क्यापिटलले राइजिङ हाइड्रोपावरको पूँजी संरचना परिमार्जन, प्रबन्धपत्र संशोधन, तथा नियामक निकायहरूसँग आवश्यक समन्वयमा पूर्ण परामर्श तथा व्यवस्थापन सेवा प्रदान गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ भित्र ४० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने लक्ष्य लिएको छ। यसैअनुसार मुक्तिनाथ क्यापिटलले आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

    राइजिङ हाइड्रोपावर कम्पनी सन् २०६२ सालको फागुन २२ गते स्थापना भएको हो। कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको सेलाङ खोलाबाट (९) किलोवाट क्षमताको साना जलविद्युत् आयोजना सञ्चालन गर्दै वार्षिक करिब ६।७७ गीगावाट विद्युत उत्पादन गरिरहेको छ। निकट भविष्यमा कम्पनीले थप पाँच जलविद्युत् आयोजनामा लगानी विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।

    मुक्तिनाथ क्यापिटलसँगको सहकार्यले कम्पनीलाई संस्थागत सुधार, पूँजी विस्तार तथा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने दिशामा थप बल पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij