Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

लेखापरीक्षण विवरण पेस नगरेपछि दुई ब्रोकर कम्पनीमाथि कारवाही, ५ हजार रुपैयाँ जरिवाना

लेखापरीक्षण विवरण पेस नगरेपछि दुई ब्रोकर कम्पनीमाथि कारवाही, ५ हजार रुपैयाँ जरिवाना

  •  

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा ९१० र ९२० अनुसार लेखापरीक्षण विवरण समयमै पेश नगरेको भन्दै दुई धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कारवाही गरेको छ। कारवाहीमा परेका कम्पनीहरूमा ब्रोकर नम्बर १०१, एप्पल सेक्युरिटिज, र ब्रोकर नम्बर ९३, बेनी सेक्युरिटिज रहेका छन्।

    बोर्डको असार १३ गतेको निर्णयअनुसार यी दुवै कम्पनीलाई पहिलोपटकका लागि जनही ५ हजार रुपैयाँका दरले आर्थिक जरिवाना गरिएको हो। आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्र नपेस गरेकाले जरिवाना गरिएको बोर्डले जनाएको छ।

    धितोपत्रसम्बन्धी ऐनअनुसार हरेक धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र नेपाल धितोपत्र बोर्ड  र नेपाल स्टक एक्सचेञ्ज  मा लेखापरीक्षण विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। सो कानुनको पालना नगरेका कारण एप्पल र बेनी सेक्युरिटिज कारवाहीमा परेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij