Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह

‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह

  •  

    काठमाडौँ ।प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धमा समितिको निर्णय तोडमोड भएका सम्बन्धमा छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

     

    आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले समितिले पारित गरेको विधेयकको व्यवस्था संसद्मा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताउनुभएको छ । 

     

    सभापति खतिवडाले ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई अनुरोधसमेत गर्नुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij