Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली

धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली

  •  

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । 

     

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो । 

     

    “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेख्नुभएको छ ।  

     

    आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij