Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

आज शाइन रेसुङ्गा बैंकको डिबेञ्चरमा आवेदन दिने अन्तिम दिन

आज शाइन रेसुङ्गा बैंकको डिबेञ्चरमा आवेदन दिने अन्तिम दिन

  • काठमाडौं ।  ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्रमा आवेदन दिने म्याद आज (आइतबार) सकिँदैछ। बैंकले यो ऋणपत्र वार्षिक ८ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिका लागि निष्काशन गरेको हो। १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो।

    यस ऋणपत्रमा प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ताबाट अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन तथा बिक्री व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गरेको छ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाहरू, र सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आज नै आवेदन दिने अन्तिम दिन भएकाले इच्छुक लगानीकर्ताले समयमै आवेदन प्रक्रिया पूरा गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij