Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

२२ करोडभन्दा बढी ठगी गरेको आरोपमा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ

२२ करोडभन्दा बढी ठगी गरेको आरोपमा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ

  •  

    काठमाडौं । सेयर कारोबारमार्फत २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार अग्रवाललाई टोखाबाट नियन्त्रणमा लिइएको हो।

    अग्रवालले धितोपत्र बजारमार्फत विभिन्न लगानीकर्ता तथा दलाल कम्पनीहरूलाई विश्वासमा पारेर ठूलो रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध ठगी र विश्वासघातसम्बन्धी उजुरीहरू परेपछि अनुसन्धान अघि बढाइएको थियो।

    धितोपत्र बोर्डले समेत यस घटनालाई गम्भीर रूपमा लिँदै छुट्टै अनुसन्धान प्रक्रिया अघि बढाएको छ। अग्रवालको कार्यले सेयर बजारप्रति लगानीकर्ताहरूको विश्वासमा चोट पुगेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij