Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

यातायात व्यवस्थापनमा सूचना प्रविधिको उपयोग बढाउन जोड

यातायात व्यवस्थापनमा सूचना प्रविधिको उपयोग बढाउन जोड

  • काठमाडौँ ।यातायात व्यवस्थापनमा सूचना प्रविधिको उपयोग बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सुचना प्रविधिको उपयोग बढाउनु पर्नेमा जोड दिएका हुन् ।

    काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनका बारेमा जाईकाले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री दाहालले यस्तो बताए ।उनका अनुसार  प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले पनि लाभ लिन सक्नु पर्छ । छिटो, छरितो र गुणस्तरीय सेवा उपलव्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुशरण गर्नु पर्छ ।

    अब परम्परागत रुपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नु पर्नेमा बताए ।यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई समेत बढाउनु पर्ने बताए ।

    मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जाईका तथा दातृनिकायहरुले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य रहने जनाए ।जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउदा जापान खुशी रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास दिलाए ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार जाईकाले ३ वर्ष भन्दा लामो समय लगाएर काठमाडौको शहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन् गरेको हो । ट्राफिक लाईट तथा ईन्टरसेक्सन व्यवस्थापन लगायतका बारेमा जाईकाले विभिन्न गाईडलाईन सहित सुझाव समेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij