Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

आशा लघुवित्तको नाफा २४८% ले बढ्यो, प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार

आशा लघुवित्तको नाफा २४८% ले बढ्यो, प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार

  •  

    काठमाडौं। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय आर्थिक प्रगति गरेको छ।

    गत आर्थिक वर्षमा आशा लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २४८.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको नाफा ६ करोड ८९ हजार रुपैयाँ मात्र थियो।

    खुद नाफाको यो उल्लेखनीय वृद्धिको पछाडि मुख्य रूपमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको वृद्धिले भूमिका खेलेको छ। संस्थाको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशतले, तथा फि र कमिशन आम्दानी ९.७६ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानीमा ५०.०५ प्रतिशत र सञ्चालन मुनाफामा २५५.३६ प्रतिशतले वृद्धि भएको छ।

    संस्थाको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको छ। प्रतिशेयर आम्दानी (EPS) गत वर्षको तुलनामा १९ रुपैयाँ १८ पैसाले बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ।

    असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात (P/E ratio) ३१.३८ गुणा कायम भएको छ।

    हाल आशा लघुवित्तको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने सापटीबाट १० अर्ब ४४ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij