Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

माबिलुङ्ग इनर्जीको आईपीओ साउन २६ गतेदेखि, सर्वसाधारणका लागि १२.४८ लाख कित्ता शेयर

माबिलुङ्ग इनर्जीको आईपीओ साउन २६ गतेदेखि, सर्वसाधारणका लागि १२.४८ लाख कित्ता शेयर

  •  

    काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साउन २६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा रु १३ करोड ५४ लाख २३ हजार ५०० बराबरको १३ लाख ५४ हजार २३५ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

    कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।

    आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन साउन २९ गते छिटोमा बन्द हुनेछ भने माग अनुसार भदौ ९ गतेसम्म खुला रहनेछ।

    माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत रु १ अर्ब १३ करोड ६० लाख रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत रु २२ करोड ९५ लाख पर्छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि अझै ३१ वर्ष बाँकी रहेको छ।

    कम्पनीका अनुसार आयोजना सुरु भएपछि लगानी फिर्ता हुने औसत अवधि ९.४३ वर्ष, र छुट मूल्य (Discounted Payback Period) मा १७.०९ वर्ष रहेको छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij