Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

शेयर बजार : नेप्से परिसूचकमा १६.६५ अंकले  बढेर २८७५.५५ विन्दुमा ,१० अर्ब ८२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १६.६५ अंकले  बढेर २८७५.५५ विन्दुमा ,१० अर्ब ८२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  •  

    काठमाडौं । लगातार तीन दिनसम्मको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सुधार देखिएको छ। साताको दोस्रो दिन नेप्से सूचक १६.६५ अंकले बढेर २८७५.५५ बिन्दुमा पुगेको छ।

    यसअघिका तीन कारोबार दिनमा बजारमा लगातार गिरावट आएको थियो — आइतबार ६३ अंक, गत बिहीबार ३१ अंक, र बुधबार ४७ अंकले नेप्से घटेको थियो।

    सोमबार कुल कारोबार रकम भने अघिल्लो दिनभन्दा केही घटेको छ। १० अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो, जबकि आइतबार १२ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

    कारोबारमा आएका २५० कम्पनीहरूमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको मूल्य घटेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij