Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने

  •  

    काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा परिणाम आज (सोमबार)साँझ सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजे बोर्ड बैठक बोलाएको छ। बोर्डका अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहे पनि शिक्षकहरूको आन्दोलनका कारण समयमै नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो। अन्तिम तयारी पूरा भइसकेको र बोर्ड बैठकपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ। अब विद्यार्थीहरू साँझपछि आफ्नो नतिजा हेर्न सक्ने छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij