Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह

बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह

  • काठमाडौँ ।देशका प्रमुख ६ नदीहरूमा बुधबारसम्म बाढीको जोखिम रहन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेती नदीको जलसतह उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ। ती नदीहरूमा पानीको सतह बढ्दै गएकाले बाढीको सम्भावित जोखिमका लागि स्थानीय बासिन्दालाई सजग रहन विभागले अनुरोध गरेको हो।

    विभागका बाढीविद् विनोद पराजुलीका अनुसार आज मध्याह्नतिर बबई नदीको जलसतहले खतराको तह पार गरे पनि दिउँसोपछि भने जलसतहमा कमी आएको छ।

    उनका अनुसार,

    “बबई नदीको चेतावनी तह ५.५ मिटर र खतराको तह ६.८ मिटर निर्धारण गरिएको छ। आज मध्याह्नसम्म नदीको सतह ७.१ मिटर पुगेको थियो। अहिले भने घटेर ६।६२ मिटरमा झरेको छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij