Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

रास्वपाबाट रुपन्देही–३ उपनिर्वाचनका लागि ९ जनाले दिए उम्मेदवारी आवेदन

रास्वपाबाट रुपन्देही–३ उपनिर्वाचनका लागि ९ जनाले दिए उम्मेदवारी आवेदन

  • काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। पार्टीले साउन ७ देखि २१ गतेसम्म मोबाइल एपमार्फत आवेदन दिने व्यवस्था गरेकोमा सो अवधिमा ९ जनाले उम्मेदवारीको इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन्।

    रास्वपाले बिहीबार उम्मेदवारी दिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ। उम्मेदवारहरूमाथि दाबी–विरोधका लागि साउन २३ र २४ गते छुट्याइएको छ भने साउन २५ गते उनीहरूसँग छलफल गरिनेछ।

    सहामहामन्त्री विपिन आचार्यका अनुसार साउन २६ मा प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित हुनेछ। त्यसपछि साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसीप एकेडेमी, राजनीतिक नजिक्यता (Political Proximity) र समावेशिताको मापन गरिने प्रक्रिया हुनेछ।

    रास्वपाले प्रारम्भिक निर्वाचनको माध्यमबाट उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि भदौ १२ र १३ गते मतदानको समय तोकिएको छ। अन्तिम उम्मेदवारको घोषणा भने भदौ १५ गते गरिने छ।

    निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ। राप्रपाका सांसद दीपक बोहराको निधनपछि यो निर्वाचन आवश्यक भएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij