Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

वाणिज्य विभागको अनुगमन: ५ कम्पनीलाई जरिवाना, ५ कम्पनीलाई कारबाही प्रक्रिया

वाणिज्य विभागको अनुगमन: ५ कम्पनीलाई जरिवाना, ५ कम्पनीलाई कारबाही प्रक्रिया

  • काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हक उल्लंघन गरेको ठहर गर्दै काठमाडौं उपत्यकाका ५ वटा कम्पनीलाई जरिवाना गरेको छ भने अन्य ५ कम्पनीसँग स्पष्टीकरण माग गरेको छ। विभागको दैनिक अनुगमनको क्रममा बुधबार १० वटा उद्योग तथा फर्महरू निरीक्षण गरिएका थिए।

    विभागले उपभोक्ताबाट प्राप्त उजुरी र नियमित अनुगमनको आधारमा आवश्यक कारबाही अघि बढाएको हो। कारबाहीमा परेका कम्पनीहरू उपभोक्तालाई भ्रममा पार्ने, निर्धारित सेवा नदिने, वा अनधिकृत शुल्क लिनेजस्ता गतिविधिमा संलग्न भएको विभागको भनाइ छ।

    जरिवाना पाउने कम्पनीहरू यसप्रकार छन्:

    • उरी एजुकेशन सेन्टर : रु ५१,०००

    • सुपरनोभा एजुकेशन कन्सल्टेन्सी सेन्टर : रु ५०,०००

    • विटल्स कार डेकोर : रु ५०,०००

    • अल कार डेकोरेसन : रु १०,०००

    • सुदृष्टि आयकोनिक : रु १०,०००

    त्यस्तै, जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, ओहायो इन्टरनेशनल कन्सल्टेन्सी, एस इम्पेक्स, र एप्लायन्सेस हब सहित पाँच व्यवसायलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

    विभागले उपभोक्ताको हक र हित सुनिश्चित गर्न अनुगमनलाई नियमित बनाउँदै आएको छ र यस्ता कारबाहीहरू आगामी दिनमा अझ कडा बनाइने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij