Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

भैरहवा कारागारमा रवि लामिछानेलाई भेट्न पुगे डा. बाबुराम भट्टराई, पत्रपत्रिका समेत पढ्न नदिएकोप्रति चिन्ता व्यक्त

भैरहवा कारागारमा रवि लामिछानेलाई भेट्न पुगे डा. बाबुराम भट्टराई, पत्रपत्रिका समेत पढ्न नदिएकोप्रति चिन्ता व्यक्त

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा भेट्नका लागि नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पुगेका छन्। भेट पछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले राजनीतिक जनताको प्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने उल्लेख गर्दै, रवि लामिछानेलाई कारागारमा पत्रपत्रिका समेत नदिएको विषयमा चिन्ता व्यक्त गरेका छन्।

    डा. भट्टराईले भने, “उहाँमाथि अन्तिम फैसला भइसकेको छैन र उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ। कुनै पनि व्यक्तिले भागेर थप अपराध गर्छ भन्ने आशङ्का भए मात्र न्यायिक हिरासतमा राखिन्छ। तर एउटा राजनीतिक जनताको प्रतिनिधि भागेर सुख पाउँदैछ भन्ने अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था हुनुपर्थ्यो भन्ने मेरो धारणा हो।”

    उनले थपे, “रविलाई कारागारमा पत्रपत्रिका पढ्न समेत नदिएको पाइएको छ। मैले प्रहरीलाई सोध्दा त्यस्तो कुनै आदेश छैन भने। कमसेकम सूचना र ज्ञानबाट वञ्चित गर्न हुँदैनथ्यो। हामी त पञ्चायतकालमा पनि पत्रपत्रिका पढ्ने गर्थ्यौं।”

    यसरी डा. भट्टराईले न्यायिक हिरासतमा रहेका राजनीतिक नेताको हकहित र मानव अधिकारका विषयमा सरकार र सम्बन्धित निकायले थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij