
काठमाडौं । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको हो।
आइपीओमा आवेदन दिने २,४२,३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यसमध्ये ५ भाग्यमानीले थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन्।
कम्पनीको आइपीओमा २२,९६,४६५ वटा आवेदन परेको थियो, जस मध्ये २२,८३,२२६ आवेदन सदर भएको छ भने १३,२३९ आवेदन बदर भएका छन्। दरमखोला हाइड्रोपावरले साउन १५–१९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको थियो।
आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट मार्फत हेर्न सकिनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij