Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

माउन्ट एभरेष्ट डिष्टिलरीले सर्वसाधारणका लागि १२ करोडको आईपीओ जारी गर्ने

माउन्ट एभरेष्ट डिष्टिलरीले सर्वसाधारणका लागि १२ करोडको आईपीओ जारी गर्ने

  • काठमाडौँ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

    यस सम्झौतापत्रमा प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ।

    २०६५ सालमा स्थापना भएको यस कम्पनीले ब्लेन्डेड मदिरा, इ.एन.ए. स्पिरिट, र DWGS BiProduct उत्पादन गर्दै आएको छ। हाल कम्पनीले 7OUP र 50UP जस्ता ब्रान्डहरू उत्पादन गर्दै आएको छ भने चाँडै 25UP, 30UP, र 40UP अन्तर्गत नयाँ प्रिमियम मदिरा ब्रान्डहरू पनि बजारमा ल्याउने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij