Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि राजनीतिक हस्तक्षेपको गम्भीर आरोप, रास्वपा सांसद चन्दा कार्कीको संसदमा अभिव्यक्ति

प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि राजनीतिक हस्तक्षेपको गम्भीर आरोप, रास्वपा सांसद चन्दा कार्कीको संसदमा अभिव्यक्ति

  • काठमाडौँ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि राजनीतिक हस्तक्षेपका गम्भीर आरोप लगाइन्। उनले सरकारले प्रतिपक्ष दलको आन्दोलनप्रति लामो समयदेखि मौनता अपनाएको र अदालतमा समेत राजनीतिक प्रभाव पार्ने कार्य भइरहेको दाबी गरिन्।

    कार्कीका अनुसार प्रधानमन्त्री ओलीले संसदमा आफ्नै पार्टीका न्यायाधीश नियुक्त गर्ने र वफादारीका आधारमा निर्णय हुने कुरा स्वीकार गरेका छन्। उनले संसदको रोस्ट्रममा प्रधानमन्त्रीले व्यक्तिगत आक्षेपपूर्ण अभिव्यक्ति दिएको भन्दै आलोचना गरिन् र यस्तो व्यवहारले पदको गरिमा हानि पुग्ने चेतावनी दिइन्।

    गृहमन्त्री लेखकमाथि समेत कार्कीले रवि लामिछानेको मुद्दामा प्रत्यक्ष संलग्नताको आरोप लगाइन्। उनका अनुसार लामिछानेको निवेदनबारे उजुरी तयार पारिएको दिन गृहमन्त्रीकै कार्यकक्षमा कागज तयार भएको र त्यसको प्रतिलिपि सचिवालयमार्फत पठाइएको छ, जसको प्रमाण विभिन्न समाचार र सूचनाबाट सार्वजनिक भइसकेको छ। यसबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति पनि सार्वजनिक भएको उनले स्मरण गराइन्।

    सांसद कार्कीले प्रधानमन्त्री र कानुनमन्त्री दुवैजनाले न्यायाधीशलाई फोन गरेर हस्तक्षेप गरेको आरोप लगाउँदै न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सुशासनको भाषण दिनुअघि आफ्ना मन्त्रीहरूको कार्यशैली, आचरण र सम्पत्ति परीक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन्।

    उनले रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको विरोध गर्दै यो मुद्दा केवल लामिछानेको नभई लोकतान्त्रिक न्याय प्रक्रियाप्रतिको विश्वाससँग जोडिएको बताइन्। लामिछानेको स्वास्थ्य र सुरक्षाप्रति आफूहरू गम्भीर रहेको उल्लेख गर्दै उनले सत्य र न्यायका लागि लडाइँ जारी रहने प्रतिबद्धता जनाइन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij