Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

अर्थतन्त्रका सकारात्मक संकेत अघिल्लो सरकारले गरेका कामको परिणाम : वर्षमान पुन

अर्थतन्त्रका सकारात्मक संकेत अघिल्लो सरकारले गरेका कामको परिणाम : वर्षमान पुन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामकै कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन्।

    बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभई विगतका सरकारहरूको उपलब्धि प्रभावका रूपमा केही आर्थिक सूचकहरू सुधारिएको बताए। तर, उनले वास्तविक क्षेत्रका सूचकहरूमा भने कुनै सुधार नभएको टिप्पणी गरे।

    पुनका अनुसार अहिले बैंकहरूमा खर्वौँ रुपैयाँ लगानी योग्य पुँजी भए पनि लगानीको वातावरण बन्न नसकेको छ। उनले वर्तमान सरकारमाथि एकपछि अर्को भ्रष्टाचार र बेथितिका कारण जनतामा चरम निराशा फैलिएको आरोप लगाए।

    प्रधानमन्त्रीलाई सन्देश दिँदै पुनले जनताका उपलब्धि गुम्ने र लोकतन्त्र खतरामा पर्ने अवस्थाको मुख्य कारण नबन्न सुझाव दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij