Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नबिल इन्भेष्टमेन्ट बैंकिङले दोस्रो खुलामुखि योजना ‘एनआई ३१’ निष्काशन सुरु

नबिल इन्भेष्टमेन्ट बैंकिङले दोस्रो खुलामुखि योजना ‘एनआई ३१’ निष्काशन सुरु

  • काठमाडौँ ।नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आज (साउन ३० गते) देखि आफ्नो दोस्रो खुलामुखि म्युचुअल फण्ड योजना एनआई ३१ निष्काशन गरेको छ। यो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ करोड ५० लाख इकाई बिक्रीमा ल्याइएको छ, जसको कुल मूल्य १५ करोड रुपैयाँ हुन्छ।

    कुल इकाईमध्ये १५ प्रतिशत (३७ लाख ५० हजार इकाई) योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने बाँकी १ करोड १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

    यस योजनामा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन म्याद भदौ १३ गतेसम्म थप हुनेछ। बिक्री अवधिभित्र कम्तीमा ७५ लाख इकाईका लागि आवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गरिनेछ, अन्यथा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिनेछ।

    योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा, साथै मेरो शेयर वेब र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन्।

    म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङमा, इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपी इश्युअर रेटिङ ए@ प्रदान गरेको छ भने केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij