Logo

Aug 17 2025 | २०८२, भदौ १गते

Aug 17 2025 | २०८२, भदौ १गते

images

दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने : मन्त्री दाहाल

दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने : मन्त्री दाहाल

  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन् ।

    प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतवारको बैठकमा बोल्दै उनले चाडपर्वको भीडभाडमा यात्रु थप मारमा नपरोस् भन्ने उद्देश्यले भाडा नबढाउने निर्णय भएको जानकारी दिए । इन्धनको मूल्यअनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि विशेष समयमा स्थायित्व दिने प्रयास गरिएको उनले बताए ।

    मन्त्री दाहालले यातायात व्यवसायीहरुलाई चाडबाडको समयमा भाडा नबढाउन आग्रह गरेका छन् । साथै, व्यवसायीलाई परेका समस्या समाधान गर्न छलफलमार्फत पहल भइरहेको उनले उल्लेख गरे ।

    सडक आयोजनाबारे कुरा गर्दै मन्त्री दाहालले अहिले संघीय मन्त्रालय मातहतका करिब ३२ हजार किलोमिटर सडक रहेको जानकारी दिँदै, प्रदेशस्तरमा रहेका सडक आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । निर्माणाधीन सडक आयोजनासहित ज्यालादारी कामदार पनि प्रदेश सरकारकै मातहतमा पठाउने योजना रहेको उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij