 
                                
                             
                                                            काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीको राममन्दिरमा अनधिकृतरूपमा निर्माण गरिएको भौतिक संरचना भत्काएको छ ।
महानगरपालिकाको टोलीले सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना शुक्रबार भत्काएको हो ।
महानगरले सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएर बसेपछि खाली गर्न भनेकोमा अटेर गरी बसेपछि शुक्रबार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएर भत्काएको छ ।
गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले पनि महानगरको सहयोग मागेको थियो । महानगरले त्यहा रहेको टहरामा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij