काठमाडौं । आज राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ ।हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ ।
असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।असार १५ गतेलाई दही, चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् । असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ ।
यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ ।
यता राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।
कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ ।