Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

एक महिनामा नागढुंगा सुरुङ मार्गको सुरुङ बनाउने काम पूरा हुने

एक महिनामा नागढुंगा सुरुङ मार्गको सुरुङ बनाउने काम पूरा हुने

  • काठमाडौं । एक महिनामा नागढुंगा सुरुङ मार्गको सुरुङ बनाउने काम पूरा हुने भएको छ । सय फिट जति सुरुङ छिचोल्ने काम बाँकी छ । यही गतिमा काम चल्ने हो भने एक वर्षपछि यो मार्ग सञ्चालनमा आउने भएको सम्बद्ध व्यक्तिहरूले बताएका छन् । 

    नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर गोविन्द दुमरुका अनुसार ‘ब्रेक थ्रु’ हुनका लागि अब मात्र ३२ मिटर बाँकी रहेको छ। अर्थात यो सय फिट जति रहेको छ । 

     सुरुङ्गमार्गमा गाडी कुदाउन भने अझै एक वर्ष कुर्नुपर्ने हुन्छ। सुरक्षात्मक संरचना, बत्ती जडान,फिनिसिङ् लगायतका कामहरू बाँकी नै रहेकाले  छ। यहाँ दुई हजार ६८८ मिटर सुरुङ निर्माण हुँदैछ। यो सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएपछि नेपाल आधुनिक सुरुङ मार्गमा पहिलो पटक प्रवेश गर्नेछ। 

    बाँकी रहेको ३२ मिटर सुरुङ छिचोल्नको लागि जमिनको भित्री भागमा कुनै समस्या आउने हो कि भन्ने चिन्ता काम गर्नेहरूमा रहेको छ ।यसअघि पनि सुरुङ खन्ने क्रममा जमिनको भित्री भाग कमजोर परेको कारण सुरुङ निर्माण कार्य केही समय रोकिएको थियो।

    सुरुङको कुल भौतिक प्रगति ९६.४० प्रतिशत पुगेको छ। अब ३.६० प्रतिशत मात्र भौतिक प्रगति बाँकी रहेको आयोजनाले जनाएको छ।

    सुरुङसहित सबै संरचनाको भौतिक प्रगति भने ६९.१५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। यहाँ सुरुङसँगै अन्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभरको काम जारी छ।

    यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो। सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो। जापानी ठेकेदार कम्पनी हाजमा–आन्द्रो जेभीले यस आयोजनामा काम गरिरहेको छ। यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमासमेत सफल भएको थियो।

    मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा सुरुङ मार्गको  प्रगतिबारे भएको   छलफलमा नागढुङ्गा सुरुङ आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले सुरुङ मार्गको प्रगति र समस्याका विषयमा जानकारी दिएका थिए ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij