Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

प्रधानमन्त्री ओलीको पालामा बेथितिबाट बजेट खर्च भएकोले थितीमा ल्याउन अझै समय लाग्ने अर्थमन्त्री महतको भनाइ

प्रधानमन्त्री ओलीको पालामा बेथितिबाट बजेट खर्च भएकोले थितीमा ल्याउन अझै समय लाग्ने अर्थमन्त्री महतको भनाइ

  • काठमाडौं । अर्थतन्त्रमा सकारात्मक सुधार भएपनि बजेटरी सिस्टमको समस्या समाधान हुन दुई वर्ष लाग्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको र  त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताएका हुन् ।

    आज काठमाडौंमा आयोजित  इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सव कार्यक्रममा  मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए ।

    अर्थमन्त्रीका अनुसार अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ  किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको बताउँदै  उनले विगतको सरकारले पछि तिर्ने गरी  पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए ।

    बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ  । तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको छ  ,बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ । अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको छ ।  त्यसलाई खर्च गर्न भने समस्या भएको  बताउँदै  आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले बताए ।

    पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किनकि ठेक्का लाग्ने प्रक्रियामा छ । तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो ।

    सरकारको धेरै बजेट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबभत्ता र विदेशी ऋणको सावाँ ब्यामा खर्च हुने गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij