Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images
भिजिट भिसा सेटिङ

नकली कागजात बनाइ  विदेश पठाउने धन्दामा संलग्न अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृत विरुद्ध  फक्राउ पुर्जी जारी

नकली कागजात बनाइ  विदेश पठाउने धन्दामा संलग्न अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृत विरुद्ध  फक्राउ पुर्जी जारी

  • काठमाडौं ।  काठमाडौं जिल्ला  अदालतले फर्जी कागजात बनाइ  नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ८ अधिकृत विरुद्ध  फक्राउ पुर्जी जारी गरेको छ।

    अदालतका अनुसार पक्राउ पुर्जी जारी गरिएका अधिकृत कुशल बराल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल भनिने विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो रहेका छन्। 

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न अध्यागमनका अधिकृतसहित १२ विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी सार्वजनिक गरेका छन् ।

    प्रवक्ता  अनुसार घटनामा दुई घुससहित रंगेहात पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्काको बयानका आधारमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीहरू अध्यागमनमा रहँदा भिजिट भिसा सहजीकरण समितिमा रहेका थिए। नरवीरले भिजिट भिसाका एजेन्टबाट रकम असुल्थे। समितिमा सहजीकरण पठाउँथे। समितिले अध्यामगनका प्रत्येक कर्मचारीलाई दामासाहीमा उक्त रकम बाँड्थे।

    अदालतले उनीहरूसँगै घटनामा संलग्न कौशिला मगर, लक्ष्मी राई, गीता दमाईं, आशिष भनिने केदारबहादुर खड्काविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। 

    गत १८ माघमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको थियो। घटनामा पक्राउ परेका अध्यागमनका अधिकृत नरवीर खड्का, मनोज तामाङ, अरुण दाहाल र सरोजकुमार यादवलाई जेल चलान गर्ने आदेश गरेको थियो। बाँकी ६ प्रतिवादीविरुद्ध भने धरौटी रकम माग गरिएको थियो।

    पक्राउ परेकामध्ये गीता शाहलाई ५ लाख, रामप्रसाद भण्डारी र दिनेश ज्ञवालीलाई जनही ७-७ लाख, विनोद कार्कीलाई २ लाख, रवीन्द्र अर्याल भनिने रविन अर्याल र पदम लामालाई १-१ लाख रुपैयाँ धरौटी रकम माग भएको छ।

    घटनामा २२ प्रतिवादीविरुद्ध लिखत किर्ते तथा संगठित अपराध कसुर लगाइएको थियो। जसमध्ये १० जना पक्राउ भएका थिए। बाँकी फरार छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij