Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

कुन देशसँगको व्यापार घाटा कति ?


नया सडक

२०८१, असार ९ आइतबार

  • 717
    Shares

  • कुन देशसँगको व्यापार घाटा कति ?

    काठमाडौं । चालु आवको एघार महिनाको अवधिमा सबै भन्दा बढी व्यापार घाटा भारतसँग भएको छ ।भारतसँग ८ खर्ब १३ अर्ब बढीको व्यापार घाटा भएको हो । यो सँगै नेपाल  सबै भन्दा बढी मालवस्तुहरूको आयात गर्ने देश भारत नै रहेको छ । 

    यो अवधिमा भारत निर्यात ९४ अर्ब बढीको भएको छ । सोही अवधिमा नेपालले भारतबाट ९ खर्ब ८ अर्ब बढीको आयात गरेको छ ।यस्तै छिमेकी मुलुक चीनसँग दोस्रो ठूलो व्यापार घाटा भएको छ ।चीनसँगको व्यापार घाटा २ खर्ब ७० अर्ब भएको छ । चालु आवको एघार महिनामा चीनसँगको आयात २ खर्ब ७२ अर्ब बढी रहेको छ भने निर्यात २४ अर्ब  बढी रहेको छ । प्रतिवेदनमा उल्लेख छ ।

    दश अर्ब बढी व्यापार घाटा हुने देशहरूमा अर्जेन्टिना, अस्ट्रेलिया, मलेसिया, युक्रेन र युएई रहेका छन् ।

    यसै गरी अर्ब बढी व्यापार घाटा हुनेहरूमा बंगलादेश, बेल्जियम, ब्राजिल, ब्रुनाइ, क्यानाडा, जर्मनी, ग्वाटेमाला, हंगकंग, इन्डोनेसिया, इजरायल, इटली, जापान, दक्षिण कोरिया, मोरक्को, म्यानमार , नेदरल्यान्ड, नाइजेरिया, ओमान, पोल्यान्ड, कतार, रुसी महासंघ, सिंगापुर, दक्षिण अफ्रिका, स्विटजरल्यान्ड, चीनको ताइवान, थाइल्यान्ड, टर्की, तुर्कमेनिस्तान,युके, युएस र भिएतनाम रहेका छन् ।

    दश करोड बढीको व्यापार घाटा हुने देशहरूमा बेनिन, भुटान, बुल्गेरिया, चेक रिपब्लिक, इजिप्ट, आयरल्यान्ड, इथोपिया, इराक, केन्या, कुवेत, म्याक्सिको , मंगोलिया, मोजाम्बिक, पाकिस्तान, पराग्वे, फिलिपिन्स, रिमोल्डोभा, रोमानिया,स्पेन,श्रीलंका,स्वाजिल्यान्ड,स्विडन, टोबो  र तान्जनिया रहेका छन् ।

    व्यापार बचत हुने दशहरू कुन कुन? १६ हजार व्यापार बचत हुने देश कुन हो ?

    कुल १७० देशसँगको वैदेशिक व्यापार गरेको नेपालको व्यापार नाफा हुने देशहरूमा अफगानिस्तान, बोस्निया हर्जगोभिना,केमन आइल्यान्ड, चाड, कोलम्बिया, डेनमार्क, डोमिनिक,फिजी, फे्रन्च साउदर्न टेरिटोरिज, जर्जिया,किर्गीस्तान, लातभिया, लेबनन, लाइबेरिया,माल्दिभ्स , माल्टा,मउरितानिया, मउरिसस, मोन्टेग्रो, नाम्बिया, न्यु केलेडोनिया, नर्वे, पानामा, पपुआ न्यु गिनिया, सेनेगल, सिसली, सियरालिओन, सुडान, ताजिकिस्तान र उरुग्वे रहेका छन् । व्यापार बचतको अवस्थामा रहेका कुल देशहरूको संख्या ३० रहेका छन् । १५० देशसँग व्यापार घाटाको अवस्था रहेको छ ।

    व्यापार बचतको सबै भन्दा बढी डेनमार्कसँग रहेको छ  भने दोस्रो ठुलो व्यापार बचत अफगानिस्तानसँग रहेको छ ।४४ करोड बढी डेनमार्कसँग र ३९ करोड बढीको व्यापार बचत क्रमशः डेनमार्क र अफगानिस्तानसँग रहेको छ । सबै भन्दा कम सेनेगलसँग १६ हजार व्यापार बचतको अवस्था रहेको छ । १० करोड बढीको व्यापार घाटा हुनेहरुको संख्या ६८ रहेका छन् । बाँकी त्यस मुनि व्यापार घाटा भएका देशहरू छन् ।

    प्रतिक्रिया दिनुहोस