Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गत आर्थिक वर्षमा विदेशमा पढ्न भनी १ लाख बढीले एनओसी लिए ,सबै भन्दा बढी जापान पढ्न एनओसी लिए


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 465
    Shares

  • गत आर्थिक वर्षमा विदेशमा पढ्न भनी १ लाख बढीले एनओसी लिए ,सबै भन्दा बढी जापान पढ्न एनओसी लिए

    काठमाडौं । गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख बढी विद्यार्थीले विदेशमा पढ्न जाने भनेर वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

    मन्त्रालयले  २०८० साउन १ गते देखि  २०८१ असार ३१सम्मको तथ्यांक  सार्वजनिक गरे अनुसार एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् ।

    तथ्यांक अनुसार सबैभन्दा बढी जापानको लागि ३४ हजार ७३१, क्यानडाको लागि १५ हजार ९८२, अष्ट्रेलियाको लागि १४ हजार ३७२ र युकेको लागि १३ हजार ३३९ जनाले एनओसी लिएका छन् ।

    यसैगरी अमेरिकाको लागि ११ हजार २६१, कोरियाको लागि ६ हजार ८८९, भारतका लागि दुई हजार ३८९ लगायत विभिन्न देशको लागि एनओसी लिएका छन् ।                   

    यसैगरी  २८ हजार ८९१ जनाले व्यवस्थापन विषय अध्ययन गर्नका लागि, १० हजार २९ जनाले बिजनेस अध्ययनका लागि, सूचना प्रविधि पढ्नका लागि ५ हजार ९११ जनाले, विज्ञान पढ्नका लागि ५ हजार ३८४ जनाले, कम्प्युटर विज्ञान पढ्नको लागि ४ हजार ९९२ जनाले, स्वास्थ्य पढ्नका लागि ४ हजार १५९ जना, विज्ञान प्रविधिको लागि ४ हजार १०२  लगायत विभिन्न विषयमा अध्ययन गर्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिए ।

    प्रतिक्रिया दिनुहोस