Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिला स्कुटर चालकको मृत्युपछि स्थिति तनावपूर्ण

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिला स्कुटर चालकको मृत्युपछि स्थिति तनावपूर्ण

  • काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् ।
    स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड भएपछि पुगेको प्रहरीमाथि ढुंगाहानाहान हुँदा स्थिति तनावपूर्ण बनेको हो । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । 

    ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।
    दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij