Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

शिक्षा दिवसका लागि तय गरिएको नारा ‘ज्ञान ,विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’

शिक्षा दिवसका लागि तय गरिएको नारा ‘ज्ञान ,विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’

  • काठमाडौँ । सरकारले यो वर्षको  शिक्षा दिवसका लागि मुल नारा तय  गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ लगायतका शब्दहरू जोडी नारा तय गरिएको जनाएको हो ।

    मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले  जानकारी सार्वजनिक गरेका छन् ।अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत वर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन थालिएको छ । दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो ।ती  शब्दहरुका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij