Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

बाढीपहिरोका कारण क्षतिपुगेका पुल सडक पुनर्निर्माण लागत अढाई अर्ब बढी हुने सडक विभागको अनुमान

बाढीपहिरोका कारण क्षतिपुगेका पुल सडक पुनर्निर्माण लागत अढाई अर्ब बढी हुने सडक विभागको अनुमान

  • काठमाडौँ । सडक विभागले बाढीपहिरोका कारण क्षति पुगेका सडक तथा पुल पुनर्निर्माणका लागि दुई अर्ब ५२ करोड रूपैयाँ लाग्ने  जनाएको छ । विभिन्न १४ राजमार्गका ४२ स्थानमा यातायात अवरुद्ध भएको जनाउँदै विभागले पाँच वटा पुलमा क्षति पुगेकोे जनाएको हो ।अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग र कालीगण्डकी करिडोर लगायत सडक अवरूद्ध रहेका छन्।

    बाढी तथा पहिरोका कारण क्षति पुगेका पुलहरूमा सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सिङटार, अरनिको राजमार्ग लिपिङ पुल र इलाम माइपोखरी सडकको रातेखोला पुल हुन्। यसैगरी लार्चा र हेवा खोला गरी दुइटा बेलिब्रिजमा पनि क्षति पुगेको छ। २१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको र यो मर्मतका लागि एक अर्ब ५० करोड लागत लाग्ने छ । दुइटा २०० मिटर बेलिब्रिजमा क्षति भएको छ। यो निर्माणका लागि २० करोड लागत लाग्ने छ।  ४१० मिटर पुलमा क्षति पुगेको र निर्माणका लागि ८२ करोड लागत लाग्ने छ। सडक तथा पुल पुनः निर्माणका लागि कुल दुई अर्ब ५२ करोड रूपैयाँ लागत लाग्ने आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij