Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

दशैँ अगाडि बीपी राजमार्ग खुलाउन नसकिने, स्थायी संरचना बनाउन बीस पच्चीस अर्ब लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान

दशैँ अगाडि बीपी राजमार्ग खुलाउन नसकिने, स्थायी संरचना बनाउन बीस पच्चीस अर्ब लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान

  • काठमाडौँ । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैँ अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागका अधिकारीहरूको टोलीले हेलिकप्टर निरक्षणबाट यस्तो निष्कर्षमा पुगिएको हो ।

    मन्त्रालय र सडक विभागको टोलीले  बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बीपी राजमार्गको निरीक्षण गरेको थियो ।लगत्तै बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले दशैँ अगाडि बीपी राजमार्ग खुल्ने अवस्था नभएको निष्कर्षमा पुगिएको बताएका हुन् । बीपी राजमार्गको चौकी डाँडा–कालढुंगा खण्डमा मात्र १२ किलो मिटर सडक रोशी खोलाको बाढीले बगाइदिएको हवाई निरीक्षणमा पाइएयो ।

    भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले  यो खण्डको लम्बाई १८ किलोमिटर  रहेको बताउँदै  त्यसमध्ये १२ किलोमिटर सडक रोशी खोलाले बेपत्ता बनाइ दिएको बताए । पहाड काटेर सडक बनाउने अवस्था नभएको बताउँदै नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन बनाइ  सडक फेरि सञ्चालन गर्ने  प्रयास गरिने उनले जनाए । असोज ११ र १२ गते परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका सडकहरुमा अस्थायी संरचनना बनाउन मात्र अढाई तीन अर्ब  लाग्ने मन्त्रालयको अनुमान छ ।स्थायी संरचना बनाउन भने  बीस पच्चीस अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको प्रारम्भिक अनुमान रहोको मन्त्रालयका सचिव शर्माले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij