Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेपालले भारत भएर बंगलादेशलाई बिजुली बेच्ने सम्झौता सम्पन्न

नेपालले भारत भएर बंगलादेशलाई बिजुली बेच्ने सम्झौता सम्पन्न

  • काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको हो ।नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आए पनि तेस्रो देशमा यो पहिलो पटक हो ।नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भयो ।

    नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता पूरा भयो ।सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता हस्ताक्षर भएको हो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति थियो ।यसअघि बंगलादेशसँग हुने यो सम्झौता त्यहाँको आन्तरिक राजनीतिक उथलपुथलका लागि ढिला हुन गएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij