
काठमाडौँ । इन्टरनेशनल इकोनोमिक कोपरेशन कोर्डिनेशन डिभिजन स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर असिस्ट्यान्स २०२४÷२५ अनुसार सन् २०२४मा तीन दर्जन परियोजनाहरू समाप्त भइहेका छन् ।विभिन्न मन्त्रालयका परियोजनाहरू गरी पौने दश अर्ब बढीका तीन दर्जन परियोजना डिसेम्बर २०२४मा समाप्त भइरहेका छन् ।
अर्थमन्त्रालयले जनाए अनुसार समाप्त हुन लागेका तीन दर्जन परियोजनाहरूको कुल बजेट विनियोजन ९ अर्ब ७६ करोड ३ लाख ७५ नेपाली रुपैया भएको थियो । अर्थमन्त्रालयले स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर अस्ट्यिान्स २०२४÷२५मा जनाए अनुसार अन्तर्राष्टि आर्थिक सहयोग समन्वय अन्तर्गतका कुल परियोजनाहरूको बजेट ७७ अर्ब ७७ करोड ७६ लाख २ हजार नेपाली रुपैयाँ बराबर रहेका छन् ।
यस अन्तर्गतका परियोजनाको कुल बजेट ५८ करोड ४७ लाख ९४ हजार अमेरिकी डलर बराबरको रहेको छ । तिनको नेपाली मुद्रा विनिमय दर ११३ रुपैयाले कुल बजेट ७७ अर्ब ७७ करोड ७६ लाख २ हजार भएको जनाइएको छ ।सोही परियोजनाहरू मध्ये सन् २०२४को डिसेम्बरमा तीन दर्जन परियोजनाको अवधि समाप्त भएको हो ।समाप्त हुन लागेका तीन दर्जन परियोजनाको कुल बजेट ८ करोड ६३लाख ७५ हजार अमेरिकी डलर रहेको छ । एक डलरको ११३ रुपैयाँका दरले यो पौने दश अर्ब बढीको रहेको देखिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij