Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

न्याय परिषद्द्वारा २५ न्यायाधीश सरुवा

न्याय परिषद्द्वारा २५ न्यायाधीश सरुवा

  •  काठमाडौं । न्याय परिषद्ले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।आज बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

    उच्च अदालतका न्यायाधीशहरूमा डा. खुशीप्रसाद थारुलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलास, रमेश ढकाललाई उच्च अदालत पाटनबाट उच्च अदालत तुलसीपुर बुटवल इजलास, डालबहादुर खड्कालाई द्विपायलबाट उच्च अदालत पाटन, दिपेन्द्र अधिकारीलाई तुलसीपुर बुटवल इजलासबाट पोखरा उच्च अदालतमा सरुवा सिफारिश गरिएको छ ।

    यसैगरी रेखाथापा पाण्डेलाई तुलसीपुर बुटवल इजलासबाट विराटनगर उच्च अदालत इलाम इजलास, सागर विष्टलाई सुर्खेत उच्च अदालतबाट तुलसीपुर बुटवल इजलास, मातृकाप्रसाद भण्डारीलाई उच्च अदालत जनकपुर राजविराज इजलासबाट उच्च अदालत सुर्खेत र माधव धिताललाई उच्च अदालत जनकपुर राजविराज इजलासमा सरुवा सिफारिश गरिएको न्यायपरिषदले जनाएको छ ।
    यसैगरी हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलासबाट तुलसीपु उच्च अदालतमा न्यायाधीशको रूपमा काज सिफारिस गरिएको छ ।

    जिल्ला अदालतका न्यायाधीशहरूमा सरुवा सिफारिस भएकाहरूमा प्रकाश ढुंगानालाई अछामबाट पर्वत,लालकाजी श्रेष्ठलाई बजुराबाट मनाङ, केशवप्रसाद घिमिरेलाई इलामबाट मोरङ, रोशन गजुरेललाई पर्साबाट इलाम, रोमानाथ अधिकारीलाई कपिलवस्तुबाट सप्तरी, विदुर काफ्लेलाई मनाङबाट सिराहा,विद्याराज पौडेललाई  पर्वतबाट मुस्ताङ, चन्द्रप्रकाश तिवारीलाई कालीकोटबाट बाँके, उत्तम सिलवाल काठमाडौँबाट पर्सा, रोशनकुमार भट्टराईलाई पर्साबाट अछाम, ओमबहादुर सोडारीलाई मुस्ताङबाट सिराहा र सञ्जीब पोखरेललाई सप्तरीबाट बाजुरा जिल्ला अदालत न्यायायाधीश सिफारिस गरिएको न्याया परिषद्ले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij