
काठमाडौँ । आज नेप्से परिसूचकमा ११.६६ अंकले बढेर २७५५.४० बिन्दुमा आएको छ । आज ११ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहका सूचक सकारात्मक भएका छन् ।
यस दिन ३ सय २८ कम्पनीको २ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सिटिजन लाइफ इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij