Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा चैत १५ गते , २८.४० प्रतिशत लाभांश पारित गर्ने

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा चैत १५ गते , २८.४० प्रतिशत लाभांश पारित गर्ने

  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपालि, ब्याङ्क्वेट, नक्साल भाटभटेनी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले कम्पनीले प्रस्ताव गरेको कुल २८ दशमलव ४० प्रतिशत लाभांशलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ । गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २६ दशमलव ९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

    २६ दशमलव ९८ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij