Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई बाँडफाँट

एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई बाँडफाँट

  • काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन गरेको इकाई बाँडफाँट गरेको छ ।

    क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई फागुन १५ गते बाँडफाँट गरेको हो । योजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन पर्न आएकाले योजनाको आकार बृद्धि गरी १३ करोड ६४ लाख ८४ हजार इकाई कायम गरिएको छ । 

    सम्पूर्ण आवेदकहरुले माग गरे बमोजिम ११ करोड ६० लाख १० हजार ७०० इकाई तथा बीज पूँजी वापत् कोष प्रबद्र्धक एनएमबि बैंकलाई १ करोड ९१ लाख ७ हजार ७६० इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि १३ लाख ६५ हजार ५४० इकाई गरी कुल १३ करोड ६४ लाख ८४ हजार इकाई बाँडफाँट गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij