Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने

  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले कम्पनीको आईपीओ फागुन २२ गते बिहान ८ः३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरेको हो ।

    कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १३।२७ गुणाबढी हो ।

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij