Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर बाँड्ने योजना, असार ३१मा साधारण सभा गर्दै

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर बाँड्ने योजना, असार ३१मा साधारण सभा गर्दै

  • काठमाडौ । नागरिक लगानी कोषले असार ३१का दिन आफ्नो २९ औं वार्षिक साधारण सभाको मिति तोकेको छ । कोषको सञ्चालक समितिले  आइतबारको बैठकबाट असार ३१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २९ औँ साधारण सभा गर्ने निर्णय गरेको हो ।

    सो साधारण सभाबाट  आर्थिक वर्ष २०७९÷८० को आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरिने योजना कोषले सोमबार सूचना जारी गरी जनाएको छ ।सभामा सञ्चालक समिति अध्यक्षले पेस गर्ने आव २०७९÷८० को वार्षिक प्रतिवेदन छलफलपछि पारित हुनेछ।

    कोषको खुद ब्याज आम्दानी र कमिसनबाट हुने आम्दानी बढेको छ। कोषले चालु आवको तेस्रो त्रैमासिकसम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सोही अवधिमा गत वर्ष कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो।५ अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी रहेको कोषको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij