Logo

Jan 16 2025 | २०८१, माघ ३गते

Jan 16 2025 | २०८१, माघ ३गते

images

चक्कु प्रहारबाट घाइते सैफ अली खान ‘खतरामुक्त’, कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

चक्कु प्रहारबाट घाइते सैफ अली खान ‘खतरामुक्त’, कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

  • मुम्बई । बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको चिकित्सकले बताएका छन् । जसमध्ये २ वटा गहिरा चोटसमेत छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ । 

    उनीमाथि आक्रमण भएपछि तत्काल लीलावती अस्पताल लगिएको थियो । चिकित्सकहरुका अनुसार सैफको कम्मरको हड्डीबाट करिब २ इन्चको चक्कुको टुक्रा निकालिएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएका छन् । अनुसन्धान भइरहेकोले घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त भइसकेको छैन । अनुसन्धानपछि सबै खुल्नेछ ।” लीलावती अस्पतालका चिफ अपरेटिङ अफिसर ९सीओओ० डा। निरज उत्तमानीका अनुसार खानलाई बिहीबार बिहान ३ बजे अस्पताल ल्याइएको थियो । 

    खानलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए । खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक जना व्यत्ति र घरमा काम गर्ने महिलाबीच मुठभेड भएपछि छुट्टयाउने क्रममा चोट लागेको बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij