Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
समाचारको प्रभाव/ प्रधानमन्त्री कार्यालय एक्सनमा

राजस्व अनुसन्धान  विभाग र विभागका कर्मचारीमाथि छानबिन हुँदै , महानिर्देशकमा चक्रबहादुर बुढा आएदेखिका सबै फाइलको अनुसन्धान गरिने


२०८१, असार १२ बुधबार

  • 2.3k
    Shares

  • राजस्व अनुसन्धान  विभाग र विभागका कर्मचारीमाथि छानबिन हुँदै , महानिर्देशकमा चक्रबहादुर बुढा आएदेखिका सबै फाइलको अनुसन्धान गरिने

    काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो समयमा गरेको अवाञ्छनीय गतिविधि विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एक्सनमा उत्रिएको छ ।राजस्व अनुसन्धान विभागको कमाण्ड चक्रबहादुर बुढाले सम्हालेयता एक पछि अर्को गर्दै राजस्व अनुसन्धान विभाग बदनियत हुन गएपछि प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयले  त्यसको सूक्ष्मढंगले छानबिन गर्न राष्ट्रिय अनुसन्धान विभागलाई पत्र पठाएको हो ।

    राजस्व अनुसन्धान विभागमा चक्रबहादुर बुढा आएपछि सिंगो व्यापारिक क्षेत्र त्रसित हुने गरी विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको समाचार सञ्चार माध्यममा सार्वजनिक भएपछि अन्ततः प्रधानमन्त्री कार्यालयले ,विभाग र त्यसअन्तर्गत कार्यरत कर्मचारीहरूले गरेका काम कारबाही , अनुसन्धानका क्रममा छापा हानिएका व्यापारिक फर्महरूमाथि मिहिन ढंगले अनुसन्धान गर्न राष्ट्रिय अनुसन्धान विभागलाई सो पत्र पठाएको हो ।

    पत्र आजै राष्ट्रिय अनुसन्धान विभागमा पुगेको स्रोतले बताएको छ । पत्र प्राप्त भएपछि राष्ट्रिय अनुसन्धान विभागले आजैबाट मिहिनढंगले काम सुरु गर्ने बताइएको छ ।यता प्रधानमन्त्री कार्यालयले राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढालाई स्पष्टीकरण सोधेको छ । कार्यालयले बुढालाई के कति कारणले यस्तो भएको हो जानकारी दिन  भनेको छ । यससम्बन्धमा राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।नयाँ सडकले यसअघि नै राजस्व अनुसन्धान विभागमा भइरहेको क्रियाकलापबारे विभिन्न शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

    सम्बन्धित समाचारहरू पढ्न यहाँ क्लिक गर्नुहोस् 

    राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले घर नमिलाई औद्योगिक व्यापारिक क्षेत्रमा आक्रामक बन्दा विभागको बदनामी

    राजस्व अनुसन्धान विभागद्वारा विराटनगरको स्वस्तिक फ्लोर मिल्समा छापा , करोडौँ रकम कर छलीको आशंका

    राजस्व अनुसन्धान विभागका महानिर्देशकको ध्यान भन्सार जाँचपास भएर छुटेका मालवाहक गाडीमा , महानिर्देशकद्वारा अदृश्य शक्ति परिचालनको हल्लाले बजार त्रसित

    कर छलीको आशंकामा राजस्व अनुसन्धान विभागद्वारा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको कागजपत्र नियन्त्रणमा

    राजस्व अनुसन्धान कार्यालय पथलैयाका  अफिसर प्रमोदकुमार चौधरी बेलगाम,  छापा हान्दा दर्तै  नगरी अन्धाधुन्द असुली

    राजस्व अनुसन्धान कार्यालय कोहलपुरको मनपरी : बिना अनुमति व्यवसायीका कागजपत्र नियन्त्रणमा , उद्योगी / व्यवसायी मर्कामा , के हेर्दै छ विभाग ?

    प्रतिक्रिया दिनुहोस